मण्डलामा नाटक मानिस हराएको सूचना

0
Shares

मण्डला नाटकघर थापागाउँमा मंसिर १५ गतेदेखि २४ गतेसम्म सोमबार बाहेक हरेक बार साँझ पाँच बजे र शनिबार दिउँसो १ बजे पनि नाटक मानिस हराएको सूचना मन्चन हुने भएको छ ।

ब्लु डाईमन्ड सोसाईटि, झ्याल आर्ट, ऐभरेष्ट फिल्म ऐकेडेमी र मण्डला नाटकघरको सहयोगमा नाटक मन्चन गर्न लागिएको हो । अमित गिरीले लेखेको नाटकलाई अमित गिरी र सन्तोष बिष्टले संयुक्त रुपमा निर्देशन गर्दै छन । नाटकमा सबिन राई, सोनिका शाही ठकुरी, रोमस राय ठकुरी, स्नेहा जोशी , साईमन थापा, दीपक कोइराला लगाएका १३ जना कलाकारहरुले अभिनय गर्नेछन् ।

सामाजिक बिषयलाई उठान गरिएको नाटकमा बर्तमान समाजको यथार्त कुराहरुलाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गर्न खोजिएको निर्देशक तथा कलाकार सन्तोष बिष्टले जानकारी दिए । आफ्नो कुराहरु समाजमा खुलेर बोल्न डराईरहेका मानिसहरुको कथा , आफ्नो अस्तित्व बिर्सिएका मानिसहरुको कथा, मानिसको व्यक्तिगत जिन्दगीमा परिवार ,समाज र राष्ट्रले प्रतक्ष अप्रतक्ष रुपमा पारिरहेको प्रभावको कथा नाटकमा हेर्न पाईने छ ।

लेखक तथा निर्देशक अमित गिरीका अनुसार नाटक ‘मानिस हराएको सुचना’मा दर्शकहरुले पनि नाटक कै पात्रहरुको रुपमा नाटकमा सहभागि हुनेछन् । साथै गिरीले दर्शकहरुलाई नाटक हेरिदिन र प्रतिक्रिया व्यक्त गर्न आग्रह गरेका छन् । हाल मण्डला नाटकघरमा नाटकको पूर्व तयारी भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।