एनआरएन इन्फ्रास्टक्चरको संस्थापक सेयर साधारण सरह कारोबार हुने

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । कम्पनीmे सेयर निष्कासन गरी बाँडफाँड भएका तीन वर्ष पूरा भएसँगै अब संस्थापक सेयर पनि साधारण सरह कारोबार हुने भएको हो ।

कम्पनीले एक सूचना जारी गर्दै अब संस्थापक तथा सर्वसाधारण समुहको सेयरको आईएसआईएन एउटै गरिएको जनाएको हो । आईएसआईएन एनपीई ३५७ए००००१ (ISIN NPE357A00001) मार्फत सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा भई सकेको तथा सोहि बमोजिम दोस्रो बजारमा नियम अनुसार कारोबार हुने कम्पनीले जानकारी दिएको छ ।

गत कार्तिक १७ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण समुहलाई एउटै समुह कायम गर्ने प्रस्ताव पारित भएको थियो । सोही बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट स्वीकृती लिई संस्थापक तथा सर्वसाधारण समूहलाई एउटै समुह कायम गरिएको कम्पनीले जनाएको हो ।

नेप्सेमा कम्पनीको १ करोड २२ लाख ३२ हजार ११७ कित्ता सेयर सूचीकृत छ । जसमध्ये कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो । एनआरएनद्धारा प्रर्वद्धित उक्त कम्पनीको जीवनाथ लामिछाने अध्यक्ष रहेका छन् भने उपेन्द्र महतो, शेष घले लगायतहरुको लगानी रहेको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।