अर्किड होल्डिङ्गसले माग्यो आईपीओ बिक्री अनुमति

0
Shares

अर्किड होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न पुँजी बजारको नियामकसँग अनुमति मागेको छ ।

कम्पनीले मङ्सिर १३ गते बुधबार नेपाल धितोपत्र बोर्डसँग १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न अनुमति मागेको हो । जसअनुसार कम्पनीले प्रतिसेयर अंकित मूल्य १ करोड १५ लाख कित्ता सेयर जारी गर्नेछ ।

कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

अर्किड होल्डिङ्स लिमिटेडले काठमाण्डौंको रविभवनमा होटेल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको छ । कम्पनीले २०७६ असार १३ देखि रविभवन, काठमाडौंमा चारतारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको हो । होटलमा १३१ ओटा कोठा रहेको छन् भने ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, दुई वटा बार, लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट र रुफटप (स्काई लाउन्ज) रहेका छन् ।

यस्तै उक्त चारतारे होटलमा ५० देखि ७५ जना सम्मको २ वटा ठूला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।