मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंगलबार बिहान बाँडफाँड हुने

0
Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) यहि मंगलबार बिहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे सेयर बाँडफाँड हुने भएको हो ।

अन्तिम दिनसम्मको तथ्याङ्क अनुसार कम्पनीको आईपीओमा आवेदन दिएका कुल आवेदन दिएका १२ लाख हजार भन्दा धेरै आवेदकको हात खाली हुने देखिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १ लाख १४ हजार ८०० जनाले मात्र गोलाप्रथाबाट सेयर हात पार्नेछन् ।

मुक्तिनाथ कृषिको सेयर खरिदका लागि सर्वसाधारणबाट माग भएको १२.४८ गुणा बढीको उच्च आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ । निर्देशिकाले प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था गरेको छ। सबै आवेदकलाई सेयर बाँडफाँड गनए अपुग भएको खण्डमा गोलाप्रथाबाट सेयर पाउने भाग्यमानी आवेदक छानिने गर्दछ । यस निष्कासनमा आईपीओका लागि आवेदन दिएका १२ लाख ८ हजार १५४ भन्दा बढीले शेयर नपाउने भएका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंङ्सिर ८ देखि अन्तिम दिन १२ गते मंगलबारसम्ममा कम्पनीको आईपीओ खरिदका लागि १३ लाख २२ हजार ९५४ वटा आवेदन परेको छ । मुक्तिनाथ कृषि कम्पनीको सेयर खरिदका लागि १ करोड ४३ लाख २८ हजार १८० कित्ता सेयर माग गरिएको छ ।

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। भने दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

मुक्तिनाथ कृषि कम्पनी कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरुको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु गर्दै आइरहेको छ । कम्पनी कृषि सम्बन्धी उपकरण, पशुपन्छीको दाना तथा औषधिहरु आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि एजेन्टको रुपमा काम गर्ने उद्देश्यले कम्पनी छ ।

कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।

गत आर्थिक वर्ष २०७९–८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा छ । कम्पनीको जगेडा कोष ४ करोड ८३ लाख ऋणात्मक छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।