तारागाउँ रिजेन्सी होटलले १५ प्रतिशत लाभांश दिने

0
Shares

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशतका दरले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश होटलले होटलको आगामी २७ औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले वार्षिक साधारण सभाको मिति तोक्न बाँकी छ ।

अघिल्लो आव २०७८–८९ बाट चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यो वर्ष लाभांशदर बढाउँदै बोनस समेत वितरण गरेको हो ।

यस्तो छ कम्पनीको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/2080 4.00 11.00 15.00
2 2078/2079 0.00 8.42 8.42
3 2076/2077 0.00 10.00 10.00
4 2075/2076 0.00 12.00 12.00
5 2074/2075 0.63 12.00 12.63
6 2073/2074 0.00 7.36 7.36

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।