लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारण सभा सम्पन्न

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २१ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष सिद्धार्थ मोहन्तीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सेयरधनीलाई कुनैपनि लाभांश नदिएको कम्पनीको सभाले अध्यक्षद्धारा प्रस्तुत सञ्चालक समितिको २०७८–७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले लेखापरीक्षक समितिको सिफारिसमा आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रणय कुमारले नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद निष्काशनमा बाटो खुल्ला गरेकाले लाभांश रिर्जभ कोषमा सुरक्षित राखेको बताउँदै आफ्ना सूचांकहरु थप अब्बल बनाउँदै लैजाने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।