नेको इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने

0
Shares

नेको इन्स्योरेन्सले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० बाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवमा नेकोले ५५ करोड ३१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालक समितिको मङ्सिर १८ गते सोमबार साँझ ५ बजे बसेको ४५२ औं बैठकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण पारित गर्दै सो विवरण अनुसार कायम रहेको मुनाफाबाट यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुप्रसाद धिताले जानकारी दिए ।

बैठकले वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भई आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ ।

अघिल्लो आव २०७८–७९ बाट कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तो छ कम्पनीको विगतको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/2079 15.00 0.79 15.79
2 2077/2078 15.00 0.79 15.79
3 2076/2077 15.50 0.82 16.32
4 2075/2076 0.00 8.16 8.16
5 2074/2075 12.00 0.63 12.63
6 2073/2074 10.00 0.52 10.52
7 2072/2073 20.00 1.05 21.05
8 2071/2072 15.00 0.78 15.78
9 2070/2071 12.71 0.67 13.38
10 2068/2069 11.50 0.00 11.50
11 2067/2068 5.00 0.00 5.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।