चन्द्रागिरि हिल्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी श्याम तण्डुकारलाई

0
Shares

चन्द्रागिरि हिल्स लिमिटेडले श्याम तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ । कम्पनीका महाप्रबन्धक सञ्जीव थापाले राजीनामा दिएपछि कम्पनीले कम्पनीमा कार्यरत एक्जुकेटीभ म्यानेजर तण्डुकारलाई उक्त जिम्मेवारी दिएको हो ।

मङिसर १८ गते सोमबार बसेको ५२ औं सञ्चालक समितिको बैठकले कम्पनीका महाप्रबन्धक सञ्जीव थापाबाट दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले सोमबारबाटै लागुू हुने थापाको राजीनामा गरि स्वीकृत गरेको कम्पनी सचिव झलकराज शर्माले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।