कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

0
Shares

कामना सेवा विकास बैंकले आगामी पुस १७ गते मंगलबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको २०८० मङ्सिर १८ गते साँझ ३ः३० बजे सम्पन्न सञ्चालक समितिको ३६५ औं बैठकले बैंकको सत्रौं वार्षिक साधारण सभा पुस १७ गते मंगलबार बोलाउने निर्णय गरेको हो ।

नेप्से मार्फत जारी सूचनामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुनैपनि लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धमा केही खुलाएको छैन ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मङ्सिर २९ गते शुक्रबार एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार मङ्सिर २८ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र बैंकको साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।