तारागाउँ रिजेन्सीको सेयर कारोबार फुकुवा

0
Shares

तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार फुकवा भएको छ ।

सेयर मूल्यमा प्रभाव पार्ने लाभांश प्रस्तावको निर्णय समयमा नै सार्वजनिक जानकारी नल्याएपछि नेप्सेले तीनदिने स्पष्टिकरण सोध्दै सोमबार धितोपत्रको कारोबार रोक्का गरेको थियो । साथै आव २०७९–८० को लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी नेप्से समक्ष समयमा उपलब्ध नगराएकोले भन्दै सोमबार उक्त होटललाई कारण सहितको स्पष्टिकरण ३ दिन भित्र पेस गर्न नेप्सेले निर्देशन दिएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितोपत्रको कारोबार मंगलबारदेखि खुला गरेको जनाएको छ ।

कम्पनीले मङ्सिर १८ गते नेप्से समक्ष मानवीय त्रुटी हुन गएको कारण समयमा जानकारी गराउन नसकिएको तथा आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिबद्धता पत्र मार्फत व्यक्त गरेको थियो ।  कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितोपत्रको कारोबार २०८० मङ्सिर १९ गते मंगलबारदेखि फुकुवा गरेको हो ।

होटलको मङ्सिर १६ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को लाभांश घोषणा गरेको भएपनि मङ्सिर १७ गते आइतबार बेलुका ५ः१५ बजे मात्र मात्रै कम्पनीले सार्वजनिक जानकारीमा ल्याएको थियो । कम्पनीले गत आव २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

आव २०७९–८० को लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी नेप्से समक्ष समयमा उपलब्ध नगराएकोले भन्दै सोमबार उक्त होटललाई कारण सहितको स्पष्टिकरण ३ दिन भित्र पेस गर्न नेप्सेले निर्देशन दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।