कार्तिकमा २३ करोड १२ लाख कम निर्जीवन बीमाशुल्क संकलन

0
Shares

सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २८ लाख ४८ लाख ६३ हजार हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनासम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको कार्तिक महीनामा संकलित बीमाशुल्कभन्दा २३ करोड १२ लाख ६८ हजार रुपैयाँ कम अर्थात ९.१९ प्रतिशत कम बीमाशुल्क उठेको हो ।

यसैगरी असोजमा संकलित बीमाशुल्कभन्दा कार्तिकमा ३२.०१ प्रतिशत अर्थात १ अर्ब ७ करोड ५८ लाख २९ हजार रुपैयाँ कम बीमाशुल्क संकलन भएको छ । निर्जीवन बीमा कम्पनीहरुले असोज महीनामा ३ अर्ब ३६ करोड ६ लाख ९२ हजार रुपैयाँ बीमाशुल्क उठाएका थिए । कम्पनीहरुको दशै, तिहार लगायत छठ पर्वहरु कार्तिकमा परेकाले पनि यस महीनामा संकलित बीमाशुलक कम भएको हो । प्राधिकरणको तथ्याङ्क अनुसार कार्तिकमा पाँच कम्पनीको बीमाशुल्क अघिल्लो कार्तिकको तुलनामा बढेको छ भने ९ वटाको घटेको छ ।

कुन कम्पनीले कति संकलन गरे ?

कात्तिक महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २८ करोड ७६ लाख ७९ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २६ करोड ८२ लाख ७८ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले २३ करोड २२ लाख ९० हजार रुपैयाँ, कुल बीमा संकलन गरेका छन् ।

यसैगरी आइजिआई प्रुडेन्सियलले कात्तिक महीनामा २३ करोड २१ लाख ८८ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २१ करोड ९० लाख ५९ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १८ करोड ५३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १६ करोड ६४ लाख ६४ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १६ करोड ७ लाख १० हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ११ करोड ७३ लाख १६ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १४ करोड १ लाख २५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १२ करोड ९ लाख ८४ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३ करोड ६ लाख ६१ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ५ करोड ९७ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

क्र.सं. बीमा कम्पनी  बीमा शुल्क आर्जन  रकम (लाखमा) वृद्दि/ह्रास %
२०८० कार्तिक   २०७९ कार्तिक  
Sagarmatha Lumbini Insurance 2876.79 3797.12 -24.24
Siddhartha Premier Insurance 2682.78 3054.58 -12.17
Shikhar Insurance 2322.90 2503.09 -7.20
Himalayan Everest Insurance 1853.00 1,761.71 5.18
IGI Prudential Insurance 2321.88 2497.55 -7.03
Neco Insurance 2190.59 2141.76 2.28
United Ajod Insurance 1664.64 2345.99 -29.04
NLG Insurance 1607.10 1698.76 -5.40
Sanima GIC Insurance Company 1173.16 1476.44 -20.54
१० Prabhu Insurance 1402.25 763.04 83.77
११ The Oriental Insurance 639.82 1064.83 -39.91
१२ Rastriya Beema Company Limited 306.61 466.13 -34.22
१३ Nepal Insurance 1209.84 1157.25 4.54
१४ National Insurance 597.27 433.06 37.92
कुल बीमाशुल्क 22848.63 25161.31 -9.19

 

कार्तिकमा १२ कम्पनीको जारी बीमालेख सङ्ख्या घट्यो

यस वर्षको कार्तिक महीनामा निर्जीवन बीमा कम्पनीले २ लाख ७ हजार ४१० वटा बीमालेख जारी गरेका छन् । यो संख्या अघिल्लो कार्तिकको तुलनामा २२ हजार २६० वटाले थोरै हो । अघिल्लो कार्तिकमा २ लाख २९ हजार ६७० वटा बीमालेख जारी भएको थियो ।

सञ्चालनमा रहेका चौधमध्ये १२ वटाको जारी बीमालेख घटेको छ । राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको मात्र कार्तिकमा बीमालेख बढेको छ ।अघिल्लो कार्तिकभन्दा १३ हजार ९०४ वटा धेरै बीमलेख जारी गरेपनि राष्ट्रिय बीमा कम्पनीको प्रिमियम संकलन भने १ करोड ५९ लाख ५२ हजारले घटेको छ । नेकोले भने ४८ लाख ८३ हजारले प्रिमियम संकलन वृद्धि गरेको छ ।

कार्तिकमा नेको इन्स्योेरेन्सले सबैभन्दा धेरै २३ हजार ७३४ वटा बीमालेख जारी गरेको छ भने सिद्धार्थ प्रिमियरले २१ हजार ३७६ वटार सगरमाथा लुम्बिनीले २० हजार ७६३ वटा जारी गरेको छ। सबैभन्दा कम नेशनल इन्स्योरेन्सले २ हजार १४० तथा दि ओरियन्टल इन्स्योरेन्सले २ हजार ८६७ वटा जारी गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा जारी बीमालेख संङ्ख्या 
 बीमा कम्पनी २०८० कार्तिक  २०७९ कार्तिक  अन्तर
Siddhartha Premier Insurance 21376.00 28544.00 -7168.00
Neco Insurance 23734.00 23408.00 326.00
Shikhar Insurance 19956.00 20053.00 -97.00
Sagarmatha Lumbini Insurance 20763.00 30835.00 -10072.00
Himalayan Everest Insurance 16803.00 21438.00 -4635.00
IGI Prudential Insurance 17321.00 20995.00 -3674.00
United Ajod Insurance 15365.00 20357.00 -4992.00
NLG Insurance 14211.00 15283.00 -1072.00
Nepal Insurance 14376.00 14623.00 -247.00
Sanima GIC Insurance Company 10433.00 13786.00 -3353.00
Prabhu Insurance 9295.00 9911.00 -616.00
Rastriya Beema Company Limited 18770.00 4866.00 13904.00
The Oriental Insurance 2867.00 3177.00 -310.00
National Insurance 2140.00 2394.00 -254.00
Total 207410.00 229670.00 -22260.00
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।