प्रथम चौमासमा लघुबीमा व्यवसायबाट साढे २ करोड प्रिमियम संकलन

0
Shares

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले लघुबीमा व्यवसायबाट २ करोड ४१ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । एघार वटा निर्जीवन र दुई माइक्रोइन्स्योरेन्स सहितका बीमकले उक्त रकम संकलन भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चार महीना अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १० हजार ५८८ लघु बीमालेख जारी गरेका छन् । यस अवधिसम्म प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघुबीमा व्यवसायबाट सर्वाधिक १ करोड ६ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रोटेक्टिभले यस अवधिसम्म २ हजार २४५ वटा लघुबीमा पोलिसी बिक्री गरेको छ ।

यसैगरी चालु आर्थिक वर्ष २०८०–८१ को चार महिना कात्तिकसम्म नेपाल माइक्रो इन्स्योरेन्सले ३ हजार ४०५ वटा पोलिसी बिक्री गरी कुल ६१ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । साथै नेको इन्स्योरेन्सले कार्तिकसम्ममा २ हजार १९१ बीमालेख जारी गर्दै ४७ लाख ९९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार लघुबीमा व्यवसायबाट प्रभु इन्स्योरेन्सले ८ लाख ५८ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियरले ५ लाख ३ हजार रुपैयाँ, शिखर इन्स्योरेन्स ३ लाख ६२ संकलन गरेका छन् । यस अवधिमा प्रभु इन्स्योरेन्सले ३८७ वटा, सिद्धार्थ प्रिमियरले २२२ वटा र शिखर इन्स्योरेन्सले १ हजार ७५६ वटा लघुबीमालेख जारी गरेको छ ।

यसैगरी लघुबीमा व्यवसायबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ११७ वटा बीमालेख जारी गरेर २ लाख ६१ हजार रुपैयाँ, युनाइेट अजोड इन्स्योरेन्सले ७३ वटा बीमालेखबाट १ लाख ४२ हजार रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ वटा बीमालेखबाट ६४ हजार रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले १२ वटा बीमालेखबाट ३० हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले चार वटा बीमालेख जारी गरेर १ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छ ।

कार्तिकमा ८७ लाख बीमशुल्क संकलन

कार्तिकमा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ हजार ३०७ लघु बीमालेख जारी गरेर ८७ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
कार्तिकमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ९४० वटा लघुबीमा पोलिसी बिक्री गरेर ४५ लाख १३ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै नेपाल माइक्रो इन्स्योरेन्सले १ हजार ७३८ वटा पोलिसी बिक्री गरी कुल ३० लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यस अवधमिा नेको इन्स्योरेन्सले ३९६ वटा लघुबीमा पोलिसी बिक्री गरेर ९ लाख १९ हजार, प्रभु इन्स्योरेन्सले ५३ वटा पोलेसीबाट १ लाख २९ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले १५१ लघुबीमालेख जारी गरेर ३४ हजार रुपैयाँ बीमशुलक संकलन गरेको छ । यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २८ वटा बीमालेख जारी गरेर ६५ हजार रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले १ वटा बीमालेखबाट २ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।