सिनर्जी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

अब उक्त सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार (खरिद–बिक्री) गर्न पाउनेछन् ।

कम्पनीले भदौ ३ देखि ३१ गतेसम्म ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । असोज १६ गते उक्त हकप्रद निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ ।

कम्पनीले हकप्रदबाट उठेको पैसा सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको मध्य होङ्गु खोला ‘ए’ जलविद्युत आयोजना प्रबद्र्धक कम्पनी एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ४० प्रतिशत अर्थात ४४ करोड २६ लाख ८६ हजार रुपैयाँ स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ।

त्यस्तै हाइड्रोपावरले वागमती प्रदेशको दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ८ र ९ बीच भएर बहने सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप २०६९ माघ ३ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।