मुक्तिनाथ कृषि कम्पनीको आईपीओ दोस्रो बजारमा कतिमा खुल्ला ?

0
Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओले दोस्रो बजारमा अधिकतम २३० रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा यस्तो देखिएको हो ।

कम्पनीले सेयर जारी गर्न प्रकाशित गरेको आह्वानपत्रमा कम्पनीको आव २०७८–७९ को परिष्कृत वित्तीय विवरणका आधारमा वास्तविक प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा रहेको छ । विद्यमान व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्जले कुनैपनि कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । सोही आधारमा कम्पनीले न्यूनतम ७६ रुपैयाँ ८१ पैसादेखि अधिकतम २३० रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउनेछ । यसबीचको जुनसुकै मूल्यमा कम्पनीको धितोपत्र पहिलो कारोबार हुन सक्नेछ ।

मङ्सिर १९ गते मंगलबार बाँडफाँड भएको कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण हुने प्रक्रियामा छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट १ लाख १४ हजार ८०० जना आवेदकले १० कित्ताका दरले पाएका छन् ।

कम्पनीले मङ्सिर ८ देखि १२ गतेसम्म अंकित मूल्यमा ११ लाख ४८ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

मुक्तिनाथ कृषि कम्पनी कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरुको बिक्री वितरण गर्दै आएको छ। कम्पनीले मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु गर्दै आइरहेको छ । कम्पनी कृषि सम्बन्धी उपकरण, पशुपन्छीको दाना तथा औषधिहरु आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि एजेन्टको रुपमा काम गर्ने उद्देश्यले कम्पनी छ ।

कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।

ईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।