नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार मंसिर २८ बुक क्लोज गर्दैछन् । जसअनुसार बुधबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्र कम्पनीको लाभांश वितरणमा भाग दिन पाउने छन् ।

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२५ प्रतिशत नगद गरी कूल १०.५२५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश पारित गर्न कम्पनीले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । यस्तै सभाले आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

यस्तै मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्दैछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।