नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

0
Shares

नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको बोनसपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको हो ।  साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ दुबै कम्पनीले मंसिर २८ गते बिहीबार बुकक्लोज गर्दैछन् । यसअनुसार बुधबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७९५ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । बुधबार कम्पनीको सेयर अन्तिम पटक प्रतिकित्ता ८७५ रुपैयाँमा कारोबार भएको छ ।  यस्तै मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३९० रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । बुधबार कम्पनीको सेयर अन्तिम पटक प्रतिकित्ता ४२८ रुपैयाँमा कारोबार भएको छ ।

बुधबार बोनसमा मूल्य समायोजन भएका दुबै कम्पनीको सेयर बिहीबार समायोजित मूलयलाई आधार मानेर दोस्रो बजारमा खुल्नेछ ।

लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२५ प्रतिशत नगद गरी कूल १०.५२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साथै मितेरी डेभलपमेन्ट बैंकले पनि लाभांश प्रस्ताव पारित गर्न पुस १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।