गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सम्पन्न


गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापूर्वक समापन गरेको छ । नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभूमिमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो।

दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी निकायकोहरुको सहभागिता रहेको थियो।

‘समावेशी विकासका लागि नवीन आविष्कारहरू’ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका थिए । उनीहरुले नेपालमा समावेशी र सहकार्यमुलक शासनका लागि नया सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन सत्रमा गभर्नेन्स ल्यावका अध्यक्ष डा। पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रमको सुरुवात गरेका थिए भने त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा। मुक्तसिंह लामा–तामाङले प्रमुख मन्तव्य राखेका थिए ।

साथै उद्घाटन सत्रमा नेपाल सरकारका मुख्य सचिव डा। बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवम महिला अधिकारबादी रीता थापालगायत बरिष्ठ व्यक्तित्वहरुले समावेशी विकाससम्बन्धि आफ्नो विशेष मन्तव्य राखेका थिए ।

गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य विषयमा छलफल भएको थियो भने दोश्रो सत्रमा ब्रेकिंग व्यारीयर्सः एडभान्सिङ्ग बियोन्ड रि-प्रेजेन्टेसन टू डिग्गनिटि एन्ड सेल्फ– डिटरमिनेशन विषयमा छलफल भएको थियो । त्यस्तै गोष्ठीको पहिलो दिनको दोश्रो भागअन्तर्गत तेश्रो सेसनमा राष्ट्रिय महिला उद्यम विकास नीतिको लागि मुद्धा बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।