निजी विद्यालयहरुको संस्थामा एनआइएमबीको डिजिटल बैंकिङ सेवा


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी)ले निजि तथा आवसिय विद्यालयहरुको संस्था प्यापसनमा डिजिटल बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । काठमाण्डौंमा हुन लागेको दोस्रो अन्तराष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर डिजिटल बैंकिङ्ग सेवाको शुरुवात गरिएको हो ।

कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यो व्यवस्था पछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ ।

साथै, डिजिटल प्रणालीवाट शुल्क संकलन गर्दा समयको वचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

मङ्सिर २०८० मा हुन लागेको उक्त कार्यक्रममा विभिन्न शिक्षा सम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहभागिता रहने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।