गोल्यानको सिटी होटलले लाभांश नदिने

0
Shares

सिटी होटलले सेयरधनीलाई लाभांश नदिने भएको छ । एनएमबि बैंकका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका पवन गोल्यानको लगानी रहेको होटलले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएको हो ।

मङ्सिर २७ गते बुधबार दिउँसो २ बजे सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आगामी पुस २० गते ८ औं वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ । सभाले अध्यक्षले सभामा प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहितको वार्षिक प्रतिवेदन स्वीकृत गर्न तथा चालु आवका लागि लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते आइतबार एक दिनको लागि सेयरधनी दर्ता किताव बन्द (बुकक्लोज) मिति तय गरेको छ । बुकक्लोज अनुसार पुस ५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

गत आको चौथो त्रैमाससम्म होटल २७ करोड ३६ लाख ३९ हजार नोक्सानीमा रहेका छ भने वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा ऋणात्मक छ । चालु आवको प्रथम त्रैमासमा समेत होटलले ६ करोड ३ लाख ३९ हजार रुपैयाँ घाटामा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।