नेपाल एसबिआई बैंकको सेयर मूल्य समायोजन

0
Shares

नेपाल एसबिआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको बोनसपछि बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको हो । साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते शुक्रबार बुकक्लोज गर्दैछ । यसअनुसार बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

बैंकको ३.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३१० रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । बिहीबार बैंकको सेयर अन्तिम पटक प्रतिकित्ता ३२२ रुपैयाँमा कारोबार भएको छ । बिहीबार बोनसमा मूल्य समायोजन भएको बैंकको सेयर आइतबार समायोजित मूलयलाई आधार मानेर दोस्रो बजारमा खुल्नेछ ।

नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

शुक्रबारै बुकक्लोज गर्न लागेको नबिल बैंकले भने गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । बैंकको धितोपत्रको दोस्रो बजार मूल्यको दश प्रतिशतभन्दा कम नगद लाभांश भएकाले बैंकका सेयर मूल्य भने समायोजन भएन । नेसेले नगद लाभांशका हकमा दोस्रो बजार मूल्यको दश प्रतिशतको नगद लाभांशलाई मात्र समायोजन गर्ने गरेको छ ।

यद्यपी आइतबारपछि सेयर किन्नेले नगद लाभांश नपाउने भएकाले नबिलको सेयर आइतबारको नियमित बजारले नै समायोजन गर्नसक्छ । लाभांश पारित गर्न नबिल बैंकले पुस १२ गते बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे वार्षिक साधारण सभा डाकेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।