यूनिक हाईडेलले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित डाक्यो एजीएम

0
Shares

यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव आगामी पुस १३ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको मङ्सिर २१ गते बसेको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सभा डाकेको हो ।

सभाले सर्वसाधारणमा प्राथमकि सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

यस्तै गत आर्थिक वर्ष २०७९—८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले सञ्चालक समितिको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।