गुराँस लघुवित्तले लाभांश बिना नै पुस १८ गते बोलायो साधारण सभा

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भेडेटार भिलेज रिसोर्ट, धनकुटामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

लघुवित्त कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । आर्थिक वर्ष २०७५—७६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९—८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुकक्लोज गर्दैछ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।