एसियन फिड्सको वार्षिक आम्दानी २ अर्ब

0
Shares

एसियन फिड्सले आर्थिक वर्ष २०२३ मा १ अर्ब ९४ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । गत वर्ष १ अर्ब ९८ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ३ करोड ९० लाखले घटेको हो ।

कम्पनीको आम्दानी घट्दै गएको देखिएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा बढेको छ । आव २०२२ मा कुल सञ्चालन आम्दानीको ६.५३ प्रतिशत रहेको उक्त नाफा आव २०२३ मा बढेर ८.३९ प्रतिशत पुगेको हो ।

सन् २०११ मा स्थापना भएको एसियन फिड्स प्रालि आइएसओ ९००१ः२००८ मान्यता प्राप्त कम्पनी हो । कम्पनीले ब्रोइलर, लेयर, गिरीराज लगायतका कुखुराको दाना र सुगुर, बुङ्गुर लगायतका अन्य पशु चौपायाहरुको दाना उत्पादन गर्दै आएको छ ।

कम्पनीको उत्पादन प्लान्ट बुडगंगा नगरपालिकामा रहेको छ । कम्पनीले ५० अर्ब ४६ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ए-४ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।