सिटी एक्सप्रेसको मेगा बम्पर उपहार “१० गुणा बढी पाउने” बिजेताको नाम घोषणा


सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” योजना अन्तर्गत मेगा बम्पर उपहार “आफुले पठाएको भन्दा १० गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ ।

हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गएिको कम्पनीले जनाएको छ । जस अनुसार साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफुले पठाएको रकम ५३ हजार ७५ रुपैयाँको १० गुणा गरेर ५ लाख ३० हजार ७५० रुपैयाँ जितेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ६१ दिन सम्म “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” उपहार योजना सञ्चालन गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार र ६१ दिन लगातार हरेक दिन १०० जनालाई ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

योजना अन्तरगत ६ हजार १०० जनाले दैनिक उपहार, ४५ जनाले साप्ताहिक उपहार र २ जनाले मासिक उपहार जितेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।