हिमालयन रिइन्स्योरेन्सको आईपीओ सबै बिक्यो, कतिले भरे ?

0
Shares

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको आइपीओ सुरुका चार दिनमा नै ‘सब्सक्राइब’ भएको छ । आइतबारसम्म सबै सेयर बिक्री नभएपछि कम्पनीले ढिलोमा पुस ११ गतेसम्मका लागि समय बढाएको थियो ।

कम्पनीले समयावधि बढाएपनि सुरुवाति चार दिनमा नै कम्पनीको आईपीओमा साढे चौध लाख आवेदकबाट निष्सकाशित सेयरको १.१३ गुणा बढी माग भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार पुस १ गते सोमबार साँझ ५ः०८ बजेसम्म १४ लाख ६० हजार ११७ वटा आवेदनबाट २ करोड ८० लाख ६१ हजार ३६० कित्ता खरिदका लागि ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले मंसिर २७ गतेदेखि अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले पहिलो चरणमा यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३० लाख कित्ता आईपीओ बिक्री खुलाई बाँडफाँड गरिसकेको छ । जसमा अधिकतम १८० कित्तासम्म हात पारेका छन् ।

कम्पनीले नेपाल धितोपत्र ३ करोड कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो । त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने आईपीओ बिक्री गरिसकेको छ । यस्तै कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको २ करोड ४९ लाख कित्ता खरिका लागि सर्वसाधारणबाट खरिद आवेदन मागिएको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।