लिट्मस केबल्स किन्दा दुबई जाने अफर


लिट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी “लिटमस केबल्सः इको वायरिङ स्मार्ट वाचदेखि दुबई सम्मको यात्रा” योजना ल्याएको छ । ७ महिने राष्ट्रव्यापी योजनाको उद्देश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्नु रहेको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १ हजार कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । साथै, १ हजार ५०० कोइल्सको खरीदमा, वासिङ्ग मशिन र २ हजार ५०० कोइल्सको खरिदमा दुबई यात्राको अवसर पाउने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुनको लागि, इलेक्ट्रीशियनहरूले इको वायर जेडएच खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको सन्ख्याको विस्तृत जानकारी बुझाउनु पर्नेहुन्छ ।

कम्पनीका अनुसार यो योजना २०८०, पुस १ गतेदेखि असार मसान्तसम्म लागू हुनेछ ।

लिट्मस केबल्सको इको वायर जेडएच नेपालकै पहिलो जिरो हेलोजिन तार हो, जुन सुरक्षा सुधार गर्नको लागि पीभीसी पोलिमरहरूद्वारा बनाइएको हुन्छ । आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्याँसहरू कम गर्दछ, जुन, सुरक्षित र वातावरण मैत्री हुन्ट ।

लिट्मस केबल्स, नेपालको अग्रणी केबल निर्माता हो । लिटमस केबल्सले घरमा प्रयोग हुने मल्ट्रिस्ट्र्यान्ड तारहरु देखि बिभिन्न इण्ड्रष्ट्रिजमा प्रयोग हुने पावर केबलहरू, बिद्धुतिय पोल देखि घरसम्म बिजुली ल्याउन प्रयोग हुने कन्सेन्ट्रिक केवल्स लगायत सम्पुर्ण तार, केवल्स तथा कन्डक्टरहरुको उत्पादन गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।