सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ७१ हजार १० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । आम सर्वसाधारणले भने यो पटकको लिलामीमा भाग लिन पाउने छैनन् ।

संस्थापक सेयरधनीले आज (पुस ४) गतेदेखि ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । संस्थापक सेयरधनीहरुबाट ३५ दिन भित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

सेयर खरिदको लागि बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाण्डौंमा निवेदन दिनुपर्ने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।