खानीखोला हाइड्रोपावरको हकप्रद पारित

0
Shares

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ ।

धुम्र बाराह पार्टी प्यालेसमा बुधबार सम्पन्न भएको कम्पनीको दशौं तथा एघारौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव अनुमोदन भएको हो ।

त्यसैगरी साधारण सभाबाट नियमावलीको ७ मा हकप्रद सेयर सम्बन्धी व्यवस्था थप गर्ने तथा अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित भएको छ । यस्तै सभाले आर्थिक वर्ष २०७८–२०७९ तथा २०७९–२०८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब पारित गरेको छ ।

साथै सभाले आव २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण समेत गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।