डाबर नेपालद्वारा इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग


डाबर नेपालले “बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम (एनपिपिटिबिआइ)लाई २५ लाख प्रदान गरेको छ ।

काठमाण्डौँमा १५ डिसेम्बरमा आयोजित एक कार्यक्रममा डाबर नेपालका अध्यक्ष तथा एमडी ईश्वरी राणा, नेपाल र म्यानमारका बिजनेस हेड हरकिरत बेदीले सो रकम हस्तान्तरण गरेका हुन् ।

एचआर प्रमुख अनिल पुरी, इएचसिएफका निर्देशक रोहित रौनियार, संरक्षक उज्ज्वल विक्रम थापाको उपस्थितिमा इएचसिएफका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरिएको थियो ।

यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिन्छ र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने कम्पनीको भनाइ छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।