चिलिमे जलविद्युतको सेयर मूल्य समायोजन

0
Shares

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबा। सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूलय समायोजन भएको हो ।

नेप्सेका अनुसार १० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ५१९ रुपैयाँ ८२ पैसा तोकिएको छ । कम्पनीको सेयर अन्तिम पटक बिहीबार प्रतिकित्ता ५७१ रुपैयाँ ८० पैसामा खरिद बिक्री भएको थियो । यहि मूल्यलाई आधार मानेर नेप्सेले बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो । आइतबार धितोपत्रको दोस्रो बजारमा आज समायोजन भएको भाउलाई आधार मानेर कम्पनीको सेयर कारोबार सुरु हुनेछ ।

चिलिमे जलविद्युतले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव सहित अन्य प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभाका तथा लाभांश वितरण प्रयोजनार्थ लागि चिलिमे जलविद्युतले पुस ८ गते आइतबार बुकक्लोज गर्दैछन् । बुकक्लोज अनुसार बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।