एनआईसी एशिया बैंकले सात लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


एनआईसी एसिया बैंकले सात लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

सेयरको न्युनतम बिक्री मूल्य प्रति शेयर २५० रुपैयाँ तोकिएको छ । उक्त संस्थापक सेयरमा आज पुस ६ गतेदेखि २० गतेसम्म आवेदन दिन सकिने छ ।

बोलपत्र आवेदन फारम एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाण्डौंबाट १०० रुपैयाँ भुत्तानी गरी प्राप्त गर्न सकिने छ । बोलपत्र पेश गर्दा न्यूनतम १,००० कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश गरिनेछैन ।

पाँच लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नं. आवेदन फाराममा उल्लेख गर्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।