सिडिएस एण्ड क्लियरिङ्गको शतप्रतिशत लाभांश

0
Shares

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ३० करोड रुपैयाँ बराबर (शतप्रतिशत) लाभांश वितरण गर्ने भएको छ । पुस २६ गते गर्ने आह्वान गरिएको तेह्रौं वार्षिक साधारण सभाबाट कम्पनीले चुक्ता पुँजी बराबर नै लाभांश वितरण गर्ने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पुस २६ गते बिहीबार सेयर मार्केट्स कमर्सियल कम्प्लेक्स पुतलिससडकमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०७९–८० सम्मको नाफाबाट १००% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सहायक कम्पनी रहेकाले यस कम्पनीले पारित गर्ने सम्पूर्ण लाभांश समेत नेप्सेले पाउनेछ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८०–८१ बाट लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।