आइसिएफसि र समृद्धि फाइनान्सले कहिले डाके साधारण सभा ?

0
Shares

आइसिएफसि फाइनान्स लिमिटेडले पुस २९ गते र समृद्धि फाइनान्स लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएका छन् ।

आइसिएफसिले पुस २९ गते आइतबार आम्रपाली ब्यांक्वेट, भटभटेनी, काठमाडौंमा बिहान १० बजे २० औं र समृद्धि फाइनान्स लिमिटेडले पुस २८ गते शनिबार होटेल एभोकाडो आर्किड रिसोर्ट हेटौंडा मकवानपुरमा बिहान १० बजे कम्पनीको २२ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

आइसिएफसिको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रूपैयाँको आधारमा ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । समृद्धिले भने लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

आइसिएफसिको सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस्तै सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभामा छ ।

समृद्धि फाइनान्सको २२औं वार्षिक साधारण सभाले समृद्धि फाइनान्सलाई कुनै बैंक, विकास बैंक तथा वित्तीय सस्थासँग एक आपसमा गाभ्ने र गाभिने तथा मर्जरको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै सभाले गत अर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि आइसिएफसि र समृद्धि दुबैले पुस १३ गते शुक्रबार एक दिन बुकक्लोज गर्ने मिति तोकेका छन् । बुकक्लोजको आधारमा पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।