एक अर्बको सामुहिक लगानी कोष ‘कुमारी सबल योजना’ सञ्चालनमा आउने

0
Shares

एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष ‘कुमारी सबल योजना’ सञ्चालनमा आउने भएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’ लाई पुस १ गते आइतबार निष्कासन अनुमति दिएको हो ।

बोर्डले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गर्न अनुमति प्रदान गरेको हो । यससँगै अबको केही समयपछि योजना व्यवस्थापक कुमारी क्यापिटलले सार्वजनिक सूचना मार्फत इकाइहरू बिक्रीको मिति तोक्नेछ । त्यसपछि सर्वसाधारणले यस योजनाको इकाईमा आवेदन दिन पाउनेछन् ।

बन्दमुखी प्रकृतिको ‘कुमारी सबल योजना’ को व्यवस्थापक कुमारी क्यापिटल र कोष प्रवद्र्धकमा कुमारी बैंक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।