नाडेप लघुवित्तले मर्जर प्रस्ताव राखेर डाक्यो साधारण सभा

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । मर्जर प्रस्तावको मुख्य प्रस्ताव सहितकम्पनीले सभा बोलाएको हो ।

पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २७ गते रानीवन पार्टी प्यालेस, नागार्जन, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको छ ।

सभाले नाडेप अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने भएको छ । यसअघि डिप्रोक्स लघुवित्तसँग प्राप्ती प्रकृयामा जाने सम्झौता गरेको कम्पनीको मर्जर बीचमा नै भाँडिएको थियो ।

लघुवित्तले यस वर्ष सेयरधाीलाई लाभांश वितरणको प्रस्ताव गरेको छैन् । पछिल्लो दुई आर्थिक वर्ष कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्त कम्पनीले पुस १९ गते बिहीबार एक दिन बुकक्लोज मिति तोकेको छ । बुकक्लोजको आधारमा पुस १८ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।