अपर हेवाखोलाको सञ्चालक हेरफेर

0
Shares

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिािटेडको सञ्चालक हेरफेर भएको छ । कम्पनीका सञ्चालक प्रकाश पौड्यालको स्थानमा भीमलाल पौड्याल नियुक्त भएका छन् ।

कम्पनीको एघारौं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरुको समुहबाट निर्वाचित सञ्चालक प्रकाश पौड्यालले सञ्चालक पदबाट दिएको राजीनामा २०८० पुस ७ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेको हो ।

यस्तै सोही बैठकले रिक्त हुन गएको सञ्चालक पदमा भीमलाल पौड्याललाई आगामी साधारण सभा सम्मका लागि नियुक्ति गरेको कम्पनीका प्रबन्ध सञ्चालक डेडराज खड्काले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ