प्रभु क्यापिटलका हितग्राहीलाई रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समा छुट

0
Shares

प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाता धारकले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समा विशेष छुट पाउने भएका छन् । क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि अफर ल्याएउँदै ट्राभल्ससँग तीन वर्षका लागि पुस ८ गते सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स को तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउनेछन् । काठमाडौको उत्तरढोका–२, स्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्गमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन् । यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण (डिम्याट कन्फमेसन) प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा टुर्स एण्ड ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो । जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना प्रोडक्ट तथा लगानी योजनासँगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिँदै आईरहेको छ ।

प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।