नेपाल ल्यूब आयलको सेयरमूल्य समायोजन

0
Shares

नेपाल ल्यूब आयलको आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ । आयलको २५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ ९२ पैसा तोकिएको छ । आइतबार ल्यूब आयलको सेयर अन्तिम पटक २८२ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो । अन्तिम सेयर मूल्यलाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो ।

यससँगै अब अर्को कारोबार दिन कम्पनीको सेयर आज समायोजित भएको मूलयलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ । पुस ९ गते सोमबार क्रिसमस डे र १० गते मंगलबार उधौली पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । अब बुधबार मात्र सेयर बजार खुल्नेछ ।

लाभांश पारित गर्न कम्पनीले पुस २५ गते बुधबार वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १० गते मंगलबार बुकक्लोज गर्दैछ ।

ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीहरुलाई पुँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।