मिर्मिरे लघुवित्तको संस्थापक सेयर साधारणमा परिणत, परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । संस्थाको ६६ लाख ५७ हजार ६४२ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको हो ।

यससँगै संस्थाको संस्थापक सेयरको स्वामित्व ६१.०१ प्रतिशत र सर्वसाधारणरको ३८.९९ प्रतिशत कायम भएको छ । अब संस्थापक समूहतर्फ ४० लाख ६१ हजार ८२७ दशमलव ८३ कित्ता र सर्वसाधारण समूहतर्फत २५ लाख ९५ हजार ८१४ दशमलवव ९० कित्ता सेयर छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मिर्मिरे लघुवित्तको परिवर्तित सेयर संरचना अनुसार शुक्रबार धितोपत्रको संरचना अभिलेख समेत गरेको छ ।
यसअघि लघुवित्तको संस्थापक सेयरको स्वामित्व ७१ प्रतिशत र सर्वसाधारण सेयरको स्वामित्व २९ प्रतिशत रहेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।