स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको साधारण सभा पुस २६ गते हुने

0
Shares

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २९ औं वार्षिक साधारण सभा पुस २६ गते बिहीबार हुने भएको छ ।

एसोसिएसनको पुस ८ गते बसेको कार्यसमिती बैठकको निर्णय अनूसार संघको २९ औं वार्षिक साधारण सभा जेडिए अफिस कम्प्लेक्स, चाईना टाउन मार्ग बागदरबारमा बेलुका ३ बजे आह्वान गरिएको हो ।

संघको केन्द्रीय कार्यालय, जेडिए अफिस कम्प्लेक्स, चाईना टाउन मार्गमा बोलाइएको सभाले विधान संसोधन गर्ने भएको छ । यस्तै कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुहुने आव २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कोषाध्यक्षले प्रस्तूत गर्ने आव २०७०–८० को वासलात, आयव्ययको हिसाव सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र चालु आव २०८०–८१ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण पनि सभाले टुङ्गाउनेछ ।

साधारण सभामा पुस २५ गतेसम्म सदस्यता कायम हुनेले मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।