आत्मनिर्भर लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारण सभा

0
Shares

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते शनिबार साधारण सभा बोलाएको छ । कम्पनीले पुस २८ गते दाङको घोराहीस्थित होटल माला ईनमा बिहान ११ बजे पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले लघुवित्तको कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशतका नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १६ गते सोमबार बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोजको आधारमा पुस १२ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।