मेडिकेयर हस्पिटलको ६३% लाभांश बाँड्ने, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै

0
Shares

मेडिकेयर हस्पिटल लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको ४८.८० प्रतिशत बोनस सेयर र कर सहित १४.३४ नगद गरी कुल ६३.१५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सञ्चालक समितिको २६२ औं बैठकले पुस २८ गते अकामा होटल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा लाभांश अनुमोदन र हस्पिटलले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसैगरी कम्पनीले बोनस सेयर जारीपछि कायम हुने पुँजीको १२ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि सभामा पेश गर्दैछ । कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरेको हो ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

कम्पनीले काठमाण्डौंको मुटू चाबहिलमा रहेको हस्पिटलबाट नागरिकलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । हस्पिटलमा गैरआवासिय नेपालीको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।