नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ ।

इन्स्योरेन्सले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिदका लागि यूनतम प्रतिकित्ता मूल्य ३२५ रुपैयाँ तोकिएको छ ।

कम्पनीको सेयरमा आज बुधबारदेखि पुस १९ गते बिहीबारसम्म आवेदन दिन सकिने छ । इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले सो लिलामी सेयर खरिदका लागि बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ । अधिक मूल्य दिएका आधारमा कम्पनीको सेयर बाँडफाँड हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।