मुक्तिनाथ विकास बैंकको सेयर कारोबार फुकुवा

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडको रोक्का रहेको धितोपत्र सूचीकरण फुकुवा भएको छ । नेप्सेले बैंकबाट स्पष्टिकरण आएपछि स्थगित रहेको धितोपत्रको सूचीकरण बुधबारदेखि फुकुवा गरेको हो ।

स्पष्टिकरण पत्रमा बैंकले मनसायपूर्वक नभई संयोग मात्र पर्न गएको र लाभांश सम्बन्धी निर्णयमा ४ः३० बजेमात्र छलफल भएको जानकारी दिँदै सजग भई आगामाी दिनमा यस्तो गल्ति नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेपछि धितोपत्र सूचीकरण विनियमावली, २०७५ को र सूचीकरण सम्बन्धी सम्झौताको शर्तहरु पालना गर्न सचेत गराउँदै बैंकको रोक्का भएको सेयर कारोबार फुकुवा भएको हो ।

बैंकले कारोबार समय पुस ५ गते बिहीबार दिनको २ः३० बजे बैठक बसेर लाभांशको निर्णय गरेसँगै नेप्सेले आइतबार गर्दै ७२ घण्टे स्पष्टिकरण सोधेको थियो । कारोबार समयमा बैंक सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०७९–८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेपछि नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियममा भएको व्यवस्था बमोजिम स्पष्टिकरण सोधेको थियो । धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । तर बैंकले विनियममा भएको उक्त व्यवस्था पालना नगरेपछि धितोपत्रको कारोबार स्थगन गर्दै के कति कारणबाट कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा सम्बन्धी निर्णय गरेको हो ? सो सम्बन्धमा तीन कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियाे ।

बैंकले पुस ५ गते बिहीबार दिउँसो साढे २ बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुल १०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।