तीन वाणिज्य बैंकको अझै लागेन लाभांशको टुङ्गो, १२ वटाले दिए पाँचले बनाए हात खाली

0
Shares

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये हालसम्म पनि तीन वाणिज्य बैंकले लाभांश दिने कि नदिने टुङ्गो लगाएका छैनन् । आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था भएपनि यी बैंकहरुले पुस मसान्तचित्र साधारण सभा सकाउन असम्भव देखिएको छ ।

हालसम्म लाभांश घोषणा नगरेका बैंकहरुमा सरकारी स्वामित्वको कृषि विकास बैंक, निजी लगानीमा सञ्चालित नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक रहेका छन् । सरकारले मर्जर तथा प्राप्तीको सौदावाजी तथा एफपीओ र लिलामीबाट प्राप्त आयमा कर लागू गरेपछि गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट पाँच वाणिज्य बैंकले लाभांश नदिने घोषणा गरेका छन् । बाह्र बैंकले सेयरधनीलाई लाभांश दिँदा एनआईसी एशिया शीर्ष स्थामा रह्यो भने सिद्धार्थ बैंक सबैभन्दा पुच्छारमा रहेको छ ।

पाँच वाणिज्य बैंकहरु नेपाल बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र कुमारी बैंकले गत आवको मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने नदिने निर्णय गरेका सो निर्णय सहित कुमारी बाहेक चार बैंकले पुस मसान्तभित्रै साधारण सभा समेत बोलाएका छन् ।

वाणिज्य बैंकहरुले यस वर्ष गत वर्षको तुलनामा बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट धेरथोर लाभांश घोषणा दिएका छन् ।

Sector- Commercial Banks

Stock Symbol

Bonus%

Cash%

Total%

Bookclose

AGM

NIC Asia Bank Ltd.

NICA

29.00

1.52

30.52

Ashoj 16, Tuesday

Ashoj 28, Sunday

Everest Bank Limited

EBL

10.00

10.53

20.53

Ashoj 16, Tuesday

Ashoj 30, Tuesday

Standard Chartered Bank Limited

SCB

0.00

19.00

19.00

Mangsir 7, Thusday

Mangsir 24,Sunday

Sanima Bank Limited

SANIMA

9.00

5.70

14.70

Ashoj 22, Monday

Kartik 2, Thusday

Machhapuchhre Bank Limited

MBL

13.30

0.70

14.00

Ashoj 8, Monday

Ashoj 18, Thusday

Nabil Bank Limited

NABIL

0.00

11.00

11.00

Mangsir 29, Friday

Poush 12, Thusday

Nepal SBI Bank Limited

SBI

3.75

6.80

10.55

Mangsir 29, Friday

Poush 13, Friday

Global IME Bank Limited

GBIME

1.00

8.00

9.00

Mangsir 13, Wednesday

Mangsir 28, Thusday

Laxmi Sunrise Bank Limited

LSL

7.00

0.37

7.37

Poush 19, Thusday

Poush 26, Thusday

Citizen Bank International Limited

CZBIL

0.00

5.79

5.79

Ashoj 15, Monday

Ashoj 26, Friday

Rastriya Banajya Bank

RBB

0.00

5.50

5.50

Poush 18, Wednesday

Poush 29, Sunday

Siddhartha Bank Limited

SBL

0.00

4.21

4.21

Kartik 21, Tuesday

Mangsir 5, Tuesday

NMB Bank Limited

NMB

0.00

0.00

0.00

Poush 6, Friday

Poush 26, Thusday

Kumari Bank Limited

KBL

0.00

0.00

0.00

 –


Prime Commercial Bank Ltd.

PCBL

0.00

0.00

0.00

Poush 19, Thusday

Poush 29, Sunday

Himalayan Bank Limited

HBL

0.00

0.00

0.00

Poush 20, Friday

Poush 29, Sunday

Nepal Bank Limited

NBL

0.00

0.00

0.00

Poush 20, Friday

Poush 29, Sunday

एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी कुल ३०.५३ प्रतिशत लाभांश दिएको छ । बैंकले चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद दिएको हो । यस्तै दोस्रोमा एभरेष्ट बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनार्थ सहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत र तेस्रोमा सर्वाधिक लाभांश दिने बैंकको सूचीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल १९ प्रतिशत नगद मात्रै लाभांश दिएको छ ।

यसैगरी गत वर्षको मुनाफाबाट यस वर्ष सानिमा बैंकले १४.७० प्रतिशत, र माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गरेका छन् । नबिल बैंकले ११.५० प्रतिशत र नेपाल एसबिआई बैंकले १०.५५ प्रतिशत लाभांश वितरण गर्दैछन् । सानिमा बैंकले ९ प्रतिशत बोनस र कर प्रयोजनार्थ सहित ५.७० प्रतिशत नगद, माछापुच्छ्रेले १३.३० प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद, र नेपाल एसबिआई बैंकले ३.७५ प्रतिशत बोनस र कर प्रयोजनार्थ सहित ६.८० प्रतिशत नगद सेयरधनीलाई वितरण गरेको हो ।

वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले यस वर्ष १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद गरी ७.३७ प्रतिशत, सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत नगद र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले नगद लाभांश मात्र दिएका हुन् । सात वाणिज्य बैंकले बोनस र नगद दिएकामा ग्लोबल आइएमई र एसबिआईले नगद बढी दिएका छन् भने एभरेष्ट बैंकले बोनस र नगद बराबरी दिएको छ ।

हालसम्म एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, सानिमा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंक गरी आठ बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सकाएका अधिकांश बैंकले सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश समेत पठाइसकेका छन् । पुसमा ८ बैंकले सभा सकाउँदैछन् । नबिल बैंकले पुस १२ गते, नेपाल एसबिआई बैंकले पुस १३ गते, लक्ष्मी सनराइज र एनएमबि बैंकले पुस २६ गते साधारण सभा आह्वान गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकले पुस मसान्त अर्थात २९ गते आइतबार सभा डोकका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।