हिमालयन रि इन्स्योरेन्सको आईपीओमा ८ हजार ६५५ आवेदन रद्द, यसरी हेर्नुहोस् बाँडफाँड नतिजा

0
Shares

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओमा ८ हजार ६५५ वटा आवेदन रद्द भएको छ ।

हिमालयन रि इन्स्योरेन्सको बिक्री प्रबन्धक एनएमबि क्यापिटका अनुसार आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदन, वैदेशिक रोजगारीमा रहेका र कर्मचारी र संस्थापकबाट परेका आवेदन रितपुर्वक नपरेका कारण ८ हजार ६५५ आवेदन रद्द गरिएको हो । यसरी रद्द गरिसकेपछि सेयर पाउनका लागि योग्य आवेदकको सङ्ख्या १५ लाख ६४ हजार ५६४ वटा कायम भएको थियो ।

बुधबार बिहान १० बजे बाँडफाँड कम्पनीको आईपीओ २९ हजार २१ जनाले अधिकतम ४० कित्ताका दरले ११ लाख ६० हजार ८४० कित्ता सेयर हात पारेका छन् । यसैगरी ४० देखि ३४ हजार ५० कित्तासम्म आवेदन दिएका ९६ हजार ५३८ जनामध्ये ६७ हजार ५१७ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर हात पार्न नसक्दा ३० कित्तामा नै चित्त बुझाउनु परेको छ । उनीहरुले २० लाख २५ हजार ५१० कित्ता सेयर प्राप्त गरे । यस्तै १० देखि ३० कित्तासम्म आवेदन दिएका १४ लाख ६८ हजार २६ जना योग्य आवेदकले माग अनुसार नै २ करोड १७ लाख १३ हजार ६५० कित्ता सेयर हात पारेका छन् ।

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ३० कित्तासम्म आवेदन दिनेले मागे जति नै सेयर हात पारे

यसरी हेर्नुहोस् आईपीओ बाँडफाँडको नतिजा

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि एस क्यापिटलका अनुसार हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँडको नतिजा प्रकाशित भैसकेको छ । बाँडफाँडको नतिजा विभिन्न तरिकाबाट हेर्न सकिन्छ ।

जसमध्ये सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ बाँडफाँडको नतिजा हेर्नका लागि नै विकास गरेको वेबसाइट, बिक्री प्रबन्धक एनएमबि एस क्यापिटलको वेबसाइट, मेरो सेयरको एप्लीकेशन रिर्पोटआईपीओ निष्कासनकर्ता कम्पनी हिमालयन रिको वेवसाइट मार्फत समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिनेछ ।

लगानीकर्ताले सिडीएससीले आईपीओ हेर्नका लागि सञ्चालनमा ल्याएको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी ( हिमालयन रि इन्स्योरेन्स, फर जनरल पब्लिक) छनौट गरेर १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर तथा क्याप्चा नम्बर राखेर आईपीओ परेको वा नपरेको हेर्न सक्नेछन् । साथै बिक्री प्रबन्धकको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी र डिम्याट खाता नम्बर राखेर पनि बाँडफाँडको नतिजा हेर्न सक्नेछन् ।

यसैगरी मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने छ । यस स्थानबाट माथिका दुई स्थानभन्दा ढिला मात्र नतिजा थाहा पाउन सकिन्छ । आईपीओ बाँडफाँडको नतिजा सम्बन्धीत सेयर निष्कासनकर्ता कम्पनीको वेवसाइटबाट गएर समेत मागिएको विवरण भरेर नतिजा थाहा पाउन सकिने बताइएको छ ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले ६ लाख कित्ता कर्मचारी, १५ लाख कित्ता म्युचुअल फन्ड र ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरी कुल ३ करोड कित्ता सेयर बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।