थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा उद्धवराज शिवाकोटी

0
Shares

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा उद्धवराज शिवाकोटी चयन भएका छन् । कम्पनीको २०८० पुस ९ गते सोमवार दिउँसो १ बजेमा वसेको सञ्चालक समितिको बैठकले शिवाकोटीलाई अध्यक्षको पदमा मनोनित गरेको हो ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले २०८० साल पुस ५ गते अध्यक्ष तथा सञ्चालक समेतको पदबाट रानीनामा दिका थिए । पुस ९ गते सोमवार दिउँसो १ बजेमा वसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरी सञ्चालक समितिको अध्यक्षको पदमा कम्पनीका सञ्चालक उद्धवराज शिवाकोटीलाई मनोनित गरिएको कम्पनी सचिव कर्मराज तामाङले जानकारी दिए ।

थ्रीस्टार हाइड्रोपावरको आयोजना खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा छ । यो आयोजना २०७२ सालमा स्थापना भएको हो । आयोजनाको क्षमता कुल ६.६ मेगावाट छ । कम्पनीले प्रवद्र्धन गरिरहेको ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ६ लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२२ वर्ष रहेको छ भने डिष्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.४३ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३०.२ वर्ष बाँकी छ । पिकिङ्ग रन अफ रिभर प्रकृतिको यस आयोजनाबाट ३९ हजार १६० गिगावाट क्षमता विद्युत शक्ति उत्पादन हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।