लक्ष्मी स्टील्सले आईपीओ निष्काशनको प्रस्ताव सहित बोलायो साधारण सभा

0
Shares

लक्ष्मी स्टील्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।

कम्पनीले आईपीओ र बोनस सेयर प्रस्ताव पारित गर्ने मुख्य प्रस्ताव सहित पुस २९ गते आइतबार दोस्रो वार्षिक साधारण सभा पनि बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुविधानगर तिनकुने काठमाडौंमा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ ।

कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने १५ करोड ५३ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ८१ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

कम्पनीको सभाले आईपीऋो निष्कासनका लागि प्रबन्धपत्र तथा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने, प्रबन्धपत्रावलीमा गरिने संसोधन थप उपर नियमनकारी निकाय वा कार्यालय प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्रावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।