नेप्सेमा एकैदिन ६ कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एकैदिन ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज पुस १२ गते बिहीबार ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकोमा ६ कम्पनीको बोनसमा सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत् कम्पनीको बोनसपछि मूल्य समायोजन भएको हो । आइसिएफसि फाइनान्स लिमिटेड र सिक्लेस हाइड्रोपावरले नगद लाभांश दिएकाले मूल्य समायोजन भएन । आइसीएफसी फाइनान्सले गत वर्षको नाफाबाट कर सहित ६.५० प्रतिशत र सिक्लेस हाइड्रोपावरले करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्दैछन् । दोस्रो बजार मूल्यको १० प्रतिशतभन्दा कम नगद लाभांश भएकाले सेयर मूल्य समायोजन नगरिएका हो ।

नेप्सेका अनुसार डिष्टिलरीको १० प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता १७२५ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । बिहीबार कम्पनीको सेयर १८९८ रुपैयाँमा अन्तिम पटक कारोबार भएकोमा सोही मूल्यमा बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो । यसैगरी साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ८८८ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । बिहीबार कम्पनीको सेयर १०१४ रुपैयाँ ९० पैसामा अन्तिम पटक कारोबार भएकोमा सोही मूल्यमा बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो ।

बिहीबार नै घोराही सिमेन्टको १५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ५०२ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । बिहीबार कम्पनीको सेयर ५७८ रुपैयाँमा अन्तिम पटक कारोबार भएकोमा सोही मूल्यमा बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो । यसैगरी सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ९५५ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । बिहीबार कम्पनीको सेयर १०८० रुपैयाँमा अन्तिम पटक कारोबार भएकोमा सोही मूल्यमा बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो ।

बुकक्लोजसँगै आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता १६५९ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । बिहीबार कम्पनीको सेयर १८२५ रुपैयाँमा अन्तिम पटक कारोबार भएकोमा सोही मूल्यमा बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो । र राधी विद्युत् कम्पनीको ४.७५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता २२८ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । बिहीबार कम्पनीको सेयर २३९ रुपैयाँ ५० पैसामा अन्तिम पटक कारोबार भएकोमा सोही मूल्यमा बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो ।

कम्पनी

लाभांश

समायोजित सेयर मूल्य

साधारण सभा

बुकक्लोज

हिमालयन डिष्टिलरी

१०% बोनस र कर प्रयोजनसहित १५% नगद गरी कुल २५ प्रतिशत

१७२५ रुपैयाँ २५ पैसा

पुस २५ गते, बुधबार

पुस १३ गते शुक्रबार

साना किसान विकास लघुवित्त

१४.२५% बोनस र कर प्रयोजनसहित ०.७५% नगद गरी कुल १५ प्रतिशत

८८८ रुपैयाँ ३२ पैसा

पुस २९ गते, आइतबार

पुस १६ गते सोमबार

घोराही सिमेन्ट

१५% बोनस सेयर

५०२ रुपैयाँ ६१ पैसा

पुस २८ गते, शनिबार

पुस १६ गते सोमबार

सपोर्ट लघुवित्त

१३% बोनस र कर प्रयोजनसहित ०.६८% नगद गरी कुल १३.६८ प्रतिशत

९५५ रुपैयाँ ७५ पैसा

पुस २७ गते, शुक्रबार

पुस १६ गते सोमबार

आत्मनिर्भर लघुवित्त

१०% बोनस र कर प्रयोजनसहित ५% नगद गरी कुल १५ प्रतिशत

१६५९ रुपैयाँ ०९ पैसा

पुस २८ गते, शनिबार

पुस १६ गते सोमबार

राधी विद्युत् कम्पनी

४.७५ % बोनस र कर प्रयोजनसहित ०.२५% नगद गरी कुल ५ प्रतिशत

२२८ रुपैयाँ ६४ पैसा

पुस २९ गते, आइतबार

पुस १५ गते आइतबार

आइसिएफसि फाइनान्स लिमिटेड

कर प्रयोजनसहित ६.५०% नगद

समायोजन भएन

पुस २९ गते, आइतबार

पुस १३ गते शुक्रबार

सिक्लेस हाइड्रोपावर

कर प्रयोजनसहित ६% नगद

समायोजन भएन

पुस २७ गते, शुक्रबार

पुस १३ गते शुक्रबार

 

पुस १३ शुक्रबार र १४ गते शनिबार परेकाले सेयर कारोबार हुँदैन । साथै, सरकारले पुस १५ गते आइतबार ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ । यसअनुसार पुस १३, १३, १५ र १६ गते बुकक्लोज गर्ने सबै कम्पनीको लाभांश सुरक्षित गर्ने पुस १२ गते बिहीबार अन्तिम हो ।
हिमालयन डिष्टिलरीले सभा पुस २५ गते वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे सुरु हुनेछ । घोराही सिमेन्टले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ ।

यसैगरी साना किसान विकास लघुवित्तले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । आत्मनिर्भर लघुवित्तले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, घोराही उपमहानगरपालिका–१५, होटेल माला ईन, दाङमा बिहान ११ बजे सुरु हुनेछ । सपोर्ट लघुवित्तले लाभांश पारित गर्न पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

राधी विद्युत् कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीले प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सिक्लेस हाइड्रोपावरले गत वर्षको नाफाबाट करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २७ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।