मंसिरमा ३ अर्ब निर्जीवन बीमाशुल्क संकलन, सलिकोले संकलन गर्यो सर्वाधिक

0
Shares

सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीले मङ्सिर महीनामा २ अर्ब ९९ करोड ६ लाख ४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१५ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको सोही अवधिमा तत्कालीन अवस्थामा सञ्चालनमा रहेका १८ कम्पनीहरुले २ अर्ब ६१ करोड ९९ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन भएको थियो । समीक्षा अवधिमा ३७ करोड ७ लाख ३ हजार रुपैयाँले बीमाशुल्क संकलन बढेको हो । ब्याजदर घट्दै जाँदा बैंकिङ्ग प्रणालीबाट कर्जा प्रवाह खुकुलो हुँदै गएपछि आर्थिक क्षेत्रका केही चहलपहल बढेको छ । यसको प्रभाव निर्जीवन बीमा व्यवसायमा देखिएको हो ।

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) ले २०८० मङ्सिर महीनामा सबैभन्दा धेरै ३९ करोड ४३ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१ करोड ८० लाख ९४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले ३० करोड ४० लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार मङ्सिरमा आइजिआई प्रुडेन्सियलले २८ करोड ७४ लाख ३४ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २७ करोड ३५ लाख ५२ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २६ करोड १७ लाख ७४ हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २५ करोड १८ लाख ३१ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २० करोड २९ लाख ३८ हजार रुपैयाँ उठाएकाे छ । 

यसैगरी एनएलजी इन्स्योरेन्सले मङ्सिर महीनामा १८ करोड १ लाख ९६ हजार रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले १३ करोड ७२ लाख २५ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३ करोड ५३ लाख १७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १२ करोड २९ लाख ९३ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ८ करोड २ लाख २६ हजार रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम ४ करोड ६ लाख २३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार मङ्सिरमा १२ कम्पनीको बीमाशुल्क अघिल्लो मङ्सिरको तुलनामा बढेको छ भने २ वटाको मात्र घटेको छ । सिद्धार्थ प्रिमियर र युनाइटेड अजोडको क्रमशः १९.७५ र १०.९५ प्रतिशतले बीमाशुल्क संकलन घटेको हो । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सले सर्वाधिक ९१.११ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ भने सानिमाजीआईसीले ७०, दि ओरियन्टलले ५८, हिमालयन एभरेष्टले ३५, आईजीआई प्रुडेन्सियलले १९, प्रभु इन्स्योरेन्सले १६, नेको १५, एनएलजी १४, शिखर १२, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा लुम्बिनी र नेपाल इन्स्योरेन्सले अघिल्लो मङ्सिरको तुलनामा समान १० प्रतिशतभन्दा बढीका दरले बीमाशुल्क वृद्धि गरेका छन् ।

 

क्र.सं. बीमा कम्पनी  बीमा शुल्क आर्जन  रकम (लाखमा) वृद्दि/ह्रास %
२०८० मङ्सिर
२०७९ मङ्सिर
National Insurance 802.26 419.78 91.11
Sanima GIC Insurance Company 2,518.31 1,481.11 70.03
The Oriental Insurance 1,372.25 866.37 58.39
Himalayan Everest Insurance 2,617.74 1,929.41 35.68
IGI Prudential Insurance 2,874.34 2405.17 19.51
Prabhu Insurance 1,353.17 1,156.89 16.97
Neco Insurance 2,735.52 2,359.26 15.95
NLG Insurance 1,801.96 1,573.42 14.53
Shikhar Insurance 3,040.66 2,701.27 12.56
१० Rastriya Beema Company Limited 406.23 367.46 10.55
११ Nepal Insurance 1,229.93 1,115.94 10.21
१२ Sagarmatha Lumbini Insurance 3,943.35 3579.9 10.15
१३ United Ajod Insurance 2,029.38 2279.46 -10.97
१४ Siddhartha Premier Insurance 3,180.94 3963.57 -19.75
कुल बीमाशुल्क 29,906.04 26,199.01 14.15

 

मङ्सिरमा जारी बीमालेख सङ्ख्या ४४ हजार बढीले बढ्यो

चालु आर्थिक वर्षको पाँचौं महीना मंसिरमा निर्जीवन बीमा कम्पनीले २ लाख ७२ हजार ३८५ वटा बीमालेख जारी गरेका छन् । यो अघिल्लो मंसिरको तुलनामा ४४ हजार २५९ वटाले धेरै हो । अघिल्लो वर्षको मंसिर महीनामा २ लाख २८ हजार १२६ वटा बीमालेख जारी भएको थियो ।

सञ्चालनमा रहेका चौधमध्ये ३ वटाको जारी बीमालेख घटेको छ भने ११ वटाले बढाएका छन् । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स, सगरमाथा प्रिमियर र युनाइटेड अजोडको अघिल्लो मंसिरको तुलनामा जारी बीमालेख घटेको हो ।  मंसिरमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै २० हजार २१२ ले वृद्धि गर्दै मंसिर महीनामा २४ हजार ९८३ वटा बीमालेख जारी गरेको छ । शिखरले ६ हजार ४६५ वटा तथा नेको इन्स्योरेन्सले ६ हजार १८० वटाले बीमालेख बढाएका छन् ।

मंसिर महीनामा नेको इन्स्योरेन्सले सबैभन्दा धेरै २८ हजार ९९२ वटा बीमालेख जारी गरेको छ । सिद्धार्थ प्रिमियर, शिखर, सगरमाथा, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २० हजार भन्दा बढी बीमालेख जारी गरेका छन् ।

यस महीनामा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ३ हजार ५२ वटा बीमालेख जारी गर्दा दि ओरियन्टल इन्स्योरेन्सले पनि ३ हजार ७८८ वटा बीमलेख जारी गरेको छ । यस अवधिमा सानिमा जीआईसीले १४ हजार ९२० वटा, एनएलजी इन्स्योरेन्सले १७ हजार ६५१ वटा, नेपाल इन्स्योरेन्सले १९ हजार २३८ वटा र युनाइटेड अजोड इन्स्योरेन्सले १९ हजार ६७८ वटा बीमालेख जारी गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा मङ्सिरमा जारी बीमालेख संङ्ख्या 
 बीमा कम्पनी २०८० मङ्सिर
२०७९ मङ्सिर
अन्तर
Neco Insurance 28,992 22,812 6,180
Siddhartha Premier Insurance 27,317 28,615 -1,298
Shikhar Insurance 26,818 20,353 6,465
Sagarmatha Lumbini Insurance 26,460 29229 -2,769
Rastriya Beema Company Limited 24,983 4,771 20,212
Himalayan Everest Insurance 23,280 20,817 2,463
IGI Prudential Insurance 22,929 19842 3,087
United Ajod Insurance 19,678 19705 -27
Nepal Insurance 19,238 15,512 3,726
NLG Insurance 17,651 14,997 2,654
Sanima GIC Insurance Company 14,920 14,666 254
Prabhu Insurance 13,279 10,966 2,313
The Oriental Insurance 3,788 3,360 428
National Insurance 3,052 2,481 571
Total 272,385 228,126 44,259
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।